News Portal

  • नयाँ सरकारको लागि देउवा र ओलीको दावी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ जेठ २०७८
    ४५० पटक
    भक्तपुर, ७ जेठ २०७८

    संविधानको धारा ७६(५) अनुसार नयाँ सरकारको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमामा दुई सांसदले आ आफ्नो दावी पेश गरेका छन् । शीतल निवास पुगी निर्धारित समय बेलुकी पाँच बज्नु अगावै उनीहरुले दावी पेश गरेका हुन् ।

    प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले सरकार बनाउन बहुमत रहेको दावी गरेका छन् । उनीहरुले प्रतिनिधि सभा सदस्यको रुपमा उक्त दावी गरेका हुन् ।

    ओलीले एमालेको १२१ र जसपाको ३२ गरी १५३ जना सांसदको सांसदको आफूलाई समर्थन रहेको दावी पत्र पेश गरेपनि एमालेका माधव समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदहरुले काँग्रेस सभापति देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।

    कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२, नेकपा एमालेको माधव नेपाल – झलनाथ खनाल पक्षका २६ सांसद र राष्ट्रिय जनमोर्चाका एक सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...