News Portal

  • विपक्षी गठबन्धन प्रतिनिधि सभा विघटनको विरूद्धमा सोमबार सर्वोच्च अदालत जाने

    भक्तपुर, ९ जेठ २०७८
    ६५५ पटक
    भक्तपुर, ९ जेठ २०७८

    प्रतिनिधि सभा विघटनको विरूद्धमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने भएको छ। विपक्षी गठबन्धनले सोमबार रिट हाल्ने तयारी गरेको हो ।

    नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जनाए अनुसार सोमबार बिहान १० बजे नै सर्वोच्चमा गएर रिट दिइने तयारी गरिएको छ ।

    आज रिट दिने तयारी गरे पनि सांसदहरूको हस्ताक्षर र नागरिकता संकलन हुँदै गरेकोले सोमबार लाइ सारिएको हो । तर, नेता पुनले भने सबै सांसदको हस्ताक्षर भैसकेपनि भोलि बिहानै रिट हाल्ने तयारी भएको बताए।

    नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका २० जना आज बानेश्वरमा  नागरिकता लिएर पुगेका थिए। तर उनीहरूले हस्ताक्षर गरे/नगरेको खुलेको छैन। एमाले नेता नेपालले आफ्ना पक्षका सांसदले हस्ताक्षर गरेको बताएका छन्। उनले हल्लाका पछाडि नलाग्न पनि आग्रह गरेका छन्।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार हस्ताक्षर गरेका १४९ जनाबाहेक अरूले पनि हस्ताक्षर गरेको बताएका छन।

    ‘केही चिन्ता नलिनुहोला, अस्ती हस्ताक्षर गरेका १४९ मा अझै केही सांसद थपिनुभएको छ,’ प्रचण्डले भने।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...