News Portal

  • राष्ट्रपति विरुद्ध कहिँकतै पनि उजुरी नलाग्ने प्रधानमन्त्री ओलीको दावी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ जेठ २०७८
    ६९६ पटक
    भक्तपुर, ९ जेठ २०७८

    प्रतिनिधि सभा विघटनको विरूद्धमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारी गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विरुद्ध कहिँकतै पनि उजुरी नलाग्ने दावी छन्।

    उनले संविधानको धारा ७६ को उपधारा ५ लाई राष्ट्रपतिले स्वविवेकको रुपमा प्रयोग गर्न सक्ने जिकिर गर्दै कहिँकतै पनि उजुरी नलाग्ने दावी छन् ।

    आइतबार पत्रकार सम्मेलनमा उनले संविधानको संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार बन्न समय दिएर, दावी परेर, दावी सदर हुन नसक्ने अवस्था देखेर राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्दै फिर्ता गरेको प्रस्ट पारे ।

    उपधारा ५ अन्तर्गत सरकार बन्न सक्ने अवस्था नरहेपछि प्रतिनिधिसभा विघटनबाहेक अर्को कुनै संवैधानिक व्यवस्था नरहेको उनको दावी छ । ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध गलत अपव्याख्या हुन थालेको भन्दै आपत्ति जनाए ।

    राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको कठपुतली भएको आरोप लागिरहँदा उनले राष्ट्रपति कदमको बचाव गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...