काठमाडौँको तीनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग बन्ने भएको छ । सरकारले त्यसको लागि बजेट व्यवस्था गरेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कोटेश्वर क्षेत्रको सवारी चाप न्युनिकरण गर्न तीनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग सम्भाव्यताका लागि १ अर्ब ८० करोड बजेट विनियोजन गरेको सार्वजनिक गरेका छन् ।
त्यस्तै भक्तपुरको चाँगु नारायण नगरपालिका ताथलीको छापमा पनि सुरुङ्ग मार्ग बनाउने बजेट बक्तब्यमार्फत घोषणा गरेको छ ।