News Portal

  • जुवा खेलिरहेका १५ पक्राउ

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, २१ जेठ २०७८
    ७७९ पटक
    काठमाडौं, २१ जेठ २०७८

    काठमाडौँ महानगरपालिका २२ वडा पाको न्यूरोडको एक घरमा जुवा खेलिरहेका १५ जनालाई नगद रु १३ लाखभन्दा बढी रकमसहित प्रहरीले पक्राउ गरेको छ । पूर्णलाल महर्जनको घरमा कौडा र तास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट रु १३ लाख ४३ हजार नगद समेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    अजय श्रेष्ठले भाडामा लिएको छैटौँ तलाको कोठामा केहिसमाये देखि जुवा खेल्दै आइरहेको सूचनाका आधारमा प्रहरी परिसर र जनसेवा प्रहरी वृतबाट खटिएको संयुक्त प्रहरी टोलीले साझा उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाइएको छ । प्रहरी आएको खबर पश्चात हामफाली भाग्ने क्रममा काठमाडौँ बाफल बस्ने भक्त बलामी लडेर दाहिने खुट्टा भाँचिएकाले उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने मुरारी भण्डारी, काठमाडौँ कीर्तिपुर नगरपालिका–६ चोभार बस्ने वर्ष ३५ का सुमन कार्की,धादिङ ज्वालामुखी गाउँपालिका घर भई हाल काठमाडौँको सतुङगल बस्ने वर्ष ३० का भरत ईटानी,काभ्रेपलाञ्चोक दाप्चा घर भई काठमाडौँको बौद्ध बस्ने वर्ष ३३ वर्षीय अजय लामा,रामेछाप सुनाकोठी घर भई हाल भक्तपुरको कौशलटार बस्ने विशाल चौलागाईं, मकवानपुर घर भई काठमाडौँको कलङ्की बस्ने राजु मोक्तान, काठमाडौँको मनहरा कागेश्वरी नगरपालिका–८ का ४९ वर्षीय विनोद कार्की, काठमाडौँ–२२ का ५७ वर्षीय सञ्जीव श्रेष्ठ रहेका छन् ।

    यसै गरि ललितपुरका नरेन्द्र महर्जन, सप्तरीका सुमन खड्का,काठमाडौँ–१८ का पञ्चनारायण महर्जन र काठमाडौँ बाफल बस्ने भक्त बलामी,गोर्खा सिरानचोकका कुमार लामिछाने,काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ बस्ने वर्ष ४० का छिरिङ लामा, रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई काठमाडौँको गोठाटार बस्ने वर्ष ४२ का कल्याण कार्की पनि पक्राउ परेका छन् ।

    पक्राउ परेका सबैलाइ जुवा ऐनअनुसार महानगरीय प्रहरी वृत्त जनसेवाबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...