गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले पदबाट राजीनामा दिएका छन् । बिहीबार संसदमा अनुपस्थित भएका मनाङेले पदबाट राजीनामा दिएका हुन् ।
उनले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्। मुख्यमन्त्रीले संसदमा विस्वास गुमाएको अवस्थामा नैतिकताको आधारमा राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका हुन्।