News Portal

  • राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको कार्यकर्ता जस्ती भएकी देउवाको दावी

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, १२ असार
    ५४४ पटक
    काठमाडौं, १२ असार

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएर काम गरेको आरोप लगाएका छन्।

    संघीय संसद भवन नयाँवानेश्वरमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तर्क्रियामा बोल्दै सभापति देउवाले संविधानको संरक्षक र सबैको साझा अभिभावकको रुपमा संविधानले र्निदृष्ट गरेको भूमिका निर्वाह नगरेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको कार्यकर्ता जसरी काम गरेको दाबी गरेका हुन्।

    संसदको कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दै उनले बहुमत पुर्‍याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको इसारामा चलेको आरोप लगाए।

    उनले राष्ट्रपतिले संविधानमा भएको व्यवस्था कार्यान्वयन नगरेकाले आफूहरु संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत समक्ष पुग्न बाध्य भएको प्रष्ट पारे।

    ‘राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने होइन? बहुमत पुर्‍याएर ल्याए पछि। कर्तव्य थियो नियुक्त गर्नु पर्थ्यो। ओलीको कार्यकर्ता जस्तो गरेर काम गर्न मिल्छ राष्ट्रपतिले?’, उनले भने, ‘त्यस कारण अदालतमा मुद्दा हालेका हौं। संविधानको व्याख्या गर्ने अन्तिम स्थान भनेको अदालत हो। अदालतले संविधानको रक्षा पनि गर्छ।’

    सभापति देउवाले प्रधानमन्त्री ओली अधिनायवादी भएको दाबी गरे। अधिनायकवादी र सर्वसत्तावादी शैलीका ओलीले आफ्नै पार्टीका नेतालाई पनि बाँकी नराखेको देउवाको टिप्पणी थियो।

    प्रतिकृया दिनुहोस्

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...

    सिटिइभिटीको उपाध्यक्षमा प्राडाकै योग्यता अपुग, नियुक्ति बदर

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति...

    भक्तपुरका दुई पाङ्ग्रे सवारी चालकलाई दुई मिनेट पढाउँदै ट्राफिक प्रहरी

    दुई पाङ्ग्रे सवारी चालकलाई ट्राफिक प्रहरीले पढाउन थालेको छ । आइतबारबाट ट्राफिक प्रहरीले बाटोमै रोकेर...

    भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा दाहाल

    भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । भक्तपुरमा...