News Portal

  • प्रचण्डको प्रश्न : हामीलाई धम्क्याउने को हो केपी ओली ?

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, १२ असार
    ७५६ पटक
    काठमाडौं, १२ असार

    नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताएका छन् । शनिवार पत्रकारहरुसँग विपक्षी गठबन्धनको अन्तरक्रियामा बोल्दै प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर शेरवहादुर देउवालाई प्रधानमन्त्री तोक्नुपर्ने बताएका हुन् । आफूले सर्वोच्च अदालतको फैसला पहिले नै जानकारी पाएको भनेर केपी ओलीले दुष्प्रचार गरेको भन्दै उनले अदालतले देउवालाई प्रधानमन्त्री बनाउनुको विकल्प नरहेको तर्क गरेका छन ।

    १४९ जना सांसदको हस्ताक्षर र १४६ सांसदको रिट सर्वोच्चमा रहेकोले देउवालाई प्रधानमन्त्री नबनाई नहुने प्रचण्डको जिकिर छ । ओली आफैं अदालतमा सेटिङ गर्न अग्रसर भएको आरोप समेत प्रचण्डले लगाएका छन । प्रधानमन्त्रीले अदालतलाई धम्क्याउन थालेको उनको आरोप छ । उनले मुद्दामा आधारित भएर बनेको विपक्षी गठबन्धन लामो समयसम्म अघि बढ्ने बताएका छन । उनले विदेशी हस्तक्षेपको बारेमा आफूहरुले संयुक्त विज्ञप्तिको दुई लाइनमा प्रष्ट लेखेको भन्दै आफूहरुलाई धेरै एक्सपोज नगर्न आग्रह गरेका छन् ।

    प्रचण्डले भने, ‘शेरबहादुरजीको दायाँबायाँ माधव जी र म छौ । हामीले नै देउवालाई प्रम अफर गरेका हौ, उहाँले मागेको होइन । हाम्रो लडाइँ प्रमको लागि होइन । यथार्थ के हो भने यसपटक प्रधानमन्त्री हुन र सरकार बनाउन मात्रै गठबन्धन गरेको होइन ।’ यस्तै प्रचण्डले एमालेको वास्तविक नेता माधवकुमार नेपाल भएको भन्दै केपी ओली खस्किन थालेको बताएका छन । उनले भने, ‘एमालेको रियल लिडर माधवजी हो । केपी चै खस्किदैँछन्।’

    प्रचण्डले राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्रीको रबर स्ट्याम्प बनेको भन्दै त्यसको विरोध गर्दा केपी ओलीले धम्क्याएको आरोप समेत लगाए । राजाको विरोध गरेर आएकाहरु राष्ट्रपतिको कमजोरीमा बोल्न किन नपाउने भन्दै प्रचण्डले आक्रोश व्यक्त गरेका हुन् । ‘राष्ट्रपति ओलीको रबर स्ट्याम्प भएकै हो । त्यसको विरोध गर्न किन नपाउने रु राष्ट्रपतिको बारेमा बोल्न पाइदैन भन्ने हु इज केपी ओली ?’ प्रचण्डले भने ।, प्रधानमन्त्री अ‍ोलीले विपक्षी राष्ट्रपतिलाई मनपरी भन्न अहिले विपक्षी गठबन्धनमा प्रतिस्पर्धा चलिरहेको उनको भनाई छ ।

    केपी ओली लोकतन्त्र र गणतन्त्रको विरोधी रहेको भन्दै विदेशीको आडमा ओलीले निरकुंश शासन चलाउन खोजेको आरोप लगाएका छन । उनले विदेशीका सामू हेपिन तयार नरहेको समेत बताएका छन् । प्रचण्डले भने– ‘संविधान बनाउने बेला कति तनाव थियो, कति दवाव थियो । नेपाली मिलेरै बनाइयो । चुनाव नगराउन नि दवाव थियो । गरायौँ । अहिले पनि नेपालको निर्णय नेपालीले गर्ने हो ।”

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...