News Portal

  • नेपाललाई प्रधानमन्त्रीको अफर

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, १२ असार
    १३१० पटक
    काठमाडौं, १२ असार

    नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफुलाई प्रधानमन्त्रीको अफर आइसकेको बताएका छन् । शनिबार विपक्षी दल र पत्रकारबीच छलफलमा बोल्दै नेता नेपालले भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो, शेरबहादुुर जी बिचैमा पत्तासाफ गर्नुस् तपाई भईहाल्नुस ! वा क्या गजवको प्रस्ताव’, उनले भने ।

    यस्तै उनले आफु धोका दिने मान्छे नभएको भन्दै भने, ‘माधव नेपाल धोका दिने मान्छे होईन, जुन प्रक्रिया अगाडि बढेको छ, यहाँ कुनै किसिमको धोका दिने मनशाय छैन ।’ उनले अघि भने, ‘हस्ताक्षर फिर्ता गर्ने, सर्वोच्चमा गरिएको काम पछाडी हट्ने कुनै पनि हालतमा यस्तो धोका हुनेवाला छैन ।’

    उनले केपी ओलीलाई सत्ता, शक्ति र पैसाको मात लागेको आरोप लगाएका छन् । छलफलमा बोल्दै नेता नेपालले भने, ‘केपी ओली जीलाई सत्ता शक्ति र पैसामा मात लागेको छ ।’ उनले आफुहरु लडाई कुनै व्यक्तिगत नभइ राष्टियता, लोकतन्त्र, गणतन्त्र, समावेशिता र संविधानको पक्षको लडाई रहेको बताएका छन् । संसद भवनको लोत्से हलमा भएको अन्तरक्रियामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा विघटनपछिको अवस्था र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...