News Portal

  • सरकार सहमतिप्रति इमान्दार नभएको आरोप

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, १६ असार
    ८११ पटक
    काठमाडौं, १६ असार

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकार आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमतिप्रति इमान्दार नभएको बताएका छन् । उनले सरकारले सहमति कार्यान्वयन नगरेका कारण आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमै रहेको बताए ।

    “सरकार इमान्दार भएन भने जनताका समस्या समाधानतिर अग्रसर भएन भने आँधिबेहरी आउन सक्छ”, उनले अगाडी भने, “वर्तमान व्यवस्थाप्रति जनता सन्तुष्ट छैनन्, सरकार र राजनीतिक पार्टी जनताप्रति जिम्मेवार बन्नुपर्छ ।” बुधबार नेकपा निकट अखिल क्रान्तिकारीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै लामाले आफ्नो पार्टीले अहिले देखिएका समस्याको हल गर्ने अधिकार जनतालाई दिन आफ्नो पार्टीले जनतमत संग्रह र वैज्ञानिक समाजवाद अगाडि सारेको बताए ।

    नेकपाको काठमाडौँ जिल्ला इन्चार्ज समेत रहेका लामाले फरक विचारकै कारण आफूलाई गिरफ्तार गरेर झुटा मुद्धामा २२ महिना हिरासत र जेलमा राखेको बताए । उनले जेल जीवनलाई सिर्जनात्मक कार्यमा लगाउँदा समय अपुग हुने गरेको अनुभूती सुनाए । लामाले बम, बारुदलाई जितेर आएकाहरुको पार्टी भएकोले जनताको लागि बलिदान गर्न तयार भएको बताए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष शरद रसाइलीले अनलाइन शिक्षाका नाममा शैक्षिक संस्थाहरुले बदमासी गरेको बताए । उनले अनलाइन शिक्षाका नाममा अभिभावकलाई खेतबारी बेच्न बाध्य हुने अवस्था सिर्जना गरेको बताए । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षालाई जनताका छोराछोरीको पहुँचभन्दा टाढा पुर्याएको बताउँदै रसाइलीले त्यसविरुद्ध विद्यार्थीहरुले आन्दोलन गर्नुपर्ने बताए । विद्यार्थी आन्दोलनको केन्द्र काठमाडौँ भएकोले बताउँदै रसाइलीले शैक्षिक माफियाविरुद्ध अब फेरि आन्दोलन उत्रिनु पर्ने बताए ।

    कार्यक्रममा अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले पनि सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारीका अध्यक्ष गोविन्द विष्टले गरेका थिए भने संचालन हस्त बिकले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...