नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले विश्वासको मत प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत नदिने भएको छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद सदनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रियामा असहभागी हुने भएका हुन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेमकिपाका सचिव समेत रहेका सांसद प्रेम सुवालले प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रक्रियामा असहभागी हुने जानकारी दिएका छन् ।
यसैगरी माधव नेपाल पक्षका गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, सोमप्रसाद पाण्डे लगायत १० सांसदहरु संसद भवनको पछाडिको ढोकाबाट निस्किएर घरतिर लागेका छन् । प्रधानमन्त्री देउवाले संसद समक्ष आज विश्वासको मत मागेका छन् ।