News Portal

  • रहेनन् संघीय लोकतान्त्रिक गणतन्त्रका सेनानी श्रेष्ठ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ साउन
    १४०६ पटक
    भक्तपुर, २३ साउन

    संघीय लोकतान्त्रिक गणतन्त्रका सेनानी रहेका पूर्व जनमुक्ति सेनाका एक कमान्डरको कोभिड १९ का कारण ज्यान गएको छ । तत्कालिन प्लाटुन कमान्डर कृष्णबहादुर श्रेष्ठ’अमिर’को कोभिड १९ का कारण ज्यान गएको हो ।

    सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर ४ पाङ्गताङ्ग घर भएका अमिरको भक्तपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । छयालीस वर्षीय अमिर कोभिड १९ संक्रमित भएपछि अस्पताल भर्ना भएका थिए । १० दिन आइसीयु र ७ दिन भेन्टिलेटरमा राखेर उपचार गर्दापनि उनलाई बचाउन नसकिएको मेसु डा सुमित्रा गौतमले जनाएकी छन् ।

    मृतक श्रेष्ठको पार्थिव शरीरलाई शनिवार पशुपतिको आर्यघाट पुर्याई अन्तिम सस्कार सम्पन्न गरिएको छ । सूर्यविनायकस्थित नेपाली सेनाको इन्द्रबक्स गणका सैनिकहरुले शव व्यवस्थापन गरी अन्तिम सस्कार सम्पन्न गरिएको मृतक अमिरका भाइ एवं पूर्व जनमुक्ति सेनाका कमान्डर गोपाल श्रेष्ठ प्रयासले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...