News Portal

  • गठबन्धनलाई सघाएको भन्दै एमालेले सोध्यो स्पष्टीकरण

    भक्तपुरपोष्ट संवाददाता२९ साउन २०७८
    ६९८ पटक
    २९ साउन २०७८

    नेकपा (एमाले)ले गठबन्धनलाई सघाएको भन्दै लुम्बिनी प्रदेशका सांसद्लाई स्पष्टीकरण सोधेको छ । एमाले प्रदेश संसदीय दल लुम्बिनी प्रदेशले सांसद् अजय शाहीलाई स्पष्टीकरण सोधेको हो । २०७४ साल मंसिरमा भएको निर्वाचनमा परासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १९ख०बाट सूर्य चिन्ह लिई विजयी भएका शाहीले बिहीबार मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रिमण्डलमा बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका छन् । मन्त्री बनेका शाहीलाई एमाले स्पष्टीकरण सोधेको छ ।

    लुम्बिनी प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सूर्य चिन्ह लिई विजयी भए पश्चात नेकपा एमाले संसदीय दलको बैठकमा भाग लिने र आफ्ना गतिविधिहरु गर्ने गरेको भएपनि केही दिनयताका शाहीका गतिविधिहरु दल र दलका हितविपरीत सञ्चालन भइरहेको जनाइएको छ ।

    शंकर पोखरेलका विरुद्धमा अविश्वास प्रस्ताव टेबुल गर्ने बैठकमा अनुपस्थित हुने दलको निर्णय र ह्विप उल्लङ्घन गरी बैठकमा किन भाग लिएको भन्दै शाहीलाई स्पष्टीकरण सोधिएको छ । “२०७८ साउन २७ गते असंवैधानिक हिसाबले संविधानको भावना र मर्मविपरीत प्रदेश प्रमुखले प्रदेशसभाको बैठक समावेदन गर्न र त्यसमा प्रदेश सरकार मुख्यमन्त्री मा। शंकर पोखरेलका विरुद्ध अविश्वास प्रस्ताव टेबुल गर्ने बैठकमा अनुपस्थित हुने दलको निर्णय र ह्विप उल्लङ्घन गरी बैठकमा किन भाग लिनुभयो रु सरकारको विरुद्धमा ल्याएको अविश्वासको पक्षमा किन हस्ताक्षर गर्नुभयो,” स्पष्टीकरण पत्रमा सोधिएको छ ।

    नेकपा एमालेको संसदीय दल विधानको परिच्छेद–५ को धारा २१ को उपधारा क, ख, छ र उ बमोजिम तपाईंलाई किन कारबाही नगर्ने रु भन्दै शाहीलाई प्रश्न गरिएको छ । यसको चित्त बुझ्दो जबाफ ३ दिनभित्र आफैँ दलको कार्यालयमा उपस्थित भई दिन अन्याथा कारबाही प्रक्रिया अगाडि बढाइने पत्रमा उल्लेख छ ।

    हृदयेश त्रिपाठीनिकट शाहीले आफू सूर्य चिन्हबाट चुनाव लडेपनि स्वतन्त्र सांसद् रहेकाले गठबन्धनमा सहभागी भएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...