News Portal

  • महिला सशक्तीकरणमा लायन्स

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, ६ असोज २०७८
    १०५८ पटक
    काठमाडौं, ६ असोज २०७८

    सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत तारकेश्वर नगपालिकास्थित विभिन्न जिल्लाबाट बसोवास गर्ने तथा स्थानीय महिलाहरुलाई पन्ध्रदिने हस्तकला तालिम प्रदान गरिएको छ ।

    कार्यक्रममा युवा स्वरोजगार कोषका निवर्तमान कार्यकारी प्रमुख डा. विष्णुप्रसाद गौतम, पूर्व कृषि राज्यमन्त्री एवं बाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ, तारकेश्वर नगरपालिका २ का वडाध्यक्ष रविन्द्र केसी, लायन्स क्लब्स इन्टरनेशनलका पास्ट डिस्ट्रिक्ट एम्बासडर अफ गभर्नर (Dist. AOG) शोभा वाडा, सचिव कृष्णप्रसाद रेग्मी, साहित्यकार तथा पत्रकार रमेश दाहाल, खुला विश्वविद्यालयका प्राध्यापक ज्ञानबहादुर लामालगायतको महत्वपूर्ण उपस्थिति रहेको थियो ।

     

    क्लबका अध्यक्ष गोमा लामाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य दिँदै प्रथम उपाध्यक्ष रामशरण ढकालले १५ दिने तालिमको महत्व र उपयोगिताको बारेमा प्रकाश पारेका थिए ।

    उपसभामुख राधिका तामाङले लायन्स क्लवले गरेका सामाजिक कामको प्रशंसा गर्दै यस्ता कामहरुप्रति सरकारको दायित्व भएको हुँदा यस कार्यले सरकारको दायित्वप्रति सचेत गराएको बताइन । उनले स्थानीय सरकारलाई जीविकोपार्जनमुखी कार्यक्रममा संघसंस्थासँग हातेमालो गर्न सुझाव समेत दिइन् ।

    त्यसैगरी डा. विष्णु प्रसाद गौतमले आफू पनि लायन्स क्लबमा संलग्न रहेको चर्चा गर्दै युवा स्वरोजगार कोषमा रहँदा आफूले यस्ता स्वरोजगार कार्यक्रमहरुलाई बढावा दिएको जानकारी गराए ।

    तारकेश्वर नगरपालिका २ का वडाध्यक्ष रविन्द्र केसीले आफू स्थानीय प्रतिनिधि भएपछि नगरपालिकामा भएको विकासका कार्यहरुको चर्चा गर्दै जीविकोपार्जनका कार्यक्रममा वडा कार्यालयले हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै तारकेश्वर नगरपालिकामा नेपालमा पहिलोपल्ट सबैभन्दा ठूलो राष्ट्रिय झण्डाको प्रतिमा स्थापना गर्न लागिएको जानकारी दिए ।

    एओजी शोभा वाडाले यस्ता कार्यक्रम देशभर सञ्चालन गरेर सबै नागरिकलाई आत्मनिर्भर बनाउन सके आरक्षणको लागि लडाइँ लड्नु नपर्ने तथा सहज जीवनिर्वाहका लागि सरकारी निगाहको आशा गर्नु नपर्ने विश्वास व्यक्त गरिन ।

    शुभकामना फेशन क्राफ्ट, आशीर्वाद एक्सपोर्ट इन्टरनेशनलको आयोजना तथा बीएनएन ह्याण्डी क्राफ्ट र ग्लोरियर्स ह्याण्डी क्राफ्टको सहआयोजनामा भएको कार्यक्रमलाई लायन्स क्लव अफ काठमाडौं जोन १०० का चेयरपर्शन सानुमाया लामाले सञ्चालन गरेकी थिइन् ।

    कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...