News Portal

  • सर्वाधिक उचाईमा रक्तदानको रेकर्ड

    बाबुकाजीश्रेष्ठ भक्तपुर, २९ कात्तिक २०७८
    ४८६ पटक
    भक्तपुर, २९ कात्तिक २०७८

    लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलले पहिलो पटक २ हजार ३ सय ५० मिटर उचाईमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्तिक २६ मा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

    लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलले नेपालको उच्च हिमाली जिल्ला सोलुखुम्बूको सल्लेरीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ७१ जनाले रक्तदान गरेका थिए ।

    योङ्ग स्टार क्लबका सचिव दिपक राजभण्डारीद्वारा रक्तदान गरी शुरु गरिएको उक्त रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक सहित पाच जना जवानले पनि रक्तदान गरेका थिए ।

    सोलु सलेरीका ३० जना र काठमाडौंबाट गएका ४१ जना रक्तदाताहरुले रक्तदान गरेको क्लबका सल्लाहकार लक्ष्मण जोशीले जनाएका छन् ।

    लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलका अध्यक्ष अनिल रत्न तुलाधरले यो पहिलो पटक विश्वकै उच्च पहाडि जिल्ला सोलुखुम्बुको सलेरीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । यो रक्तदान विश्वमै पहिलो पटक विश्वकै सर्वाधानिक उचाईमा भएको उनको दावी छ ।

    “रक्तदान जीवनदान” र “हिमाल, पहाड र तराई कोही छैन पराई” भन्ने मूल नाराका साथ मानवीय सेवामा समर्पित रहेको क्लबले कुनै व्यक्ति रगतको अभावमा मृत्यु नहोस् भन्ने अभियानमा लागेको र नेपाल लगायत विश्वका विभिन्न देशहरुमा समेत सेवादिंदै आइरहेको अध्यक्ष तुलाधरले प्रष्ट पारे ।

    उक्त कार्यक्रमको लागि सोलुखुम्बु सलेरीका योङ्ग स्टार क्लबले व्यवस्थापन तथा आतिथ्य सत्कार सहित सहयोग गरेको थियो । त्यसैगरी प्राविधिक सहयोग कान्तिपुर रक्त सञ्चार केन्द्रले गरेको थियो भने कार्यक्रममा विभिन्न संघसंस्थाहरुले सहकार्य र सहयोग गरेका थिए ।

    कार्यक्रममा क्लबका कार्यसमिति सदस्य, पदाधिकारी, कान्तिपुर रक्त सञ्चार केन्द्रका प्राविधिक टोली, मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुकाजीश्रेष्ठ, ईमेज च्यानलका केके मानन्धर, क्लबका सल्लाहकार एवं बासुदेव प्रसाद जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मण जोशी र राससका वरिष्ठ फोटो पत्रकार रत्नकृष्णश्रेष्ठ समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो ।

    रक्तदान पश्चात सोलु विमानस्थलबाट हवाइजहाजमार्फत संकलित रगत काठमाडौं पठाइएको थियो ।
    कार्यक्रममा योङ्ग स्टार क्लबका अध्यक्ष बुद्धिनारायण राजभण्डारीले अहिलेसम्म कसैले नगरेको रक्तदान कार्यक्रम सोलुखुम्बुमै पहिलो पटक लायन्स क्लब अफ काठटमाडौं ब्लड सर्कलले अफ्फोहरु संगको सहकार्यमा सम्पन्न गरेको भन्दै सन्तोष व्यक्त गरे । उनका अनुसार सोलुखुम्बुमा अहिलेसम्म ब्लड बैंक नभएको कारणले धेरै समस्या परेको र यस कार्यक्रमका अध्यक्ष अनिलरत्न तुलाधरले रगत अभाव नहुने प्रतिवद्धतालाई ह्दयदेखि स्वागत गर्नुका साथै पछि पनि कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता प्रकट गरे ।

    प्रदेश १ का सांसद् बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यमा भएको उक्त रक्तदान कार्यक्रममा पूर्व राज्यमन्त्री एवं सांसद् उत्तम बस्नेत, प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाही, प्रहरी उपरीक्षक कवित कटुवाल, जिल्ला प्रहरी उपरीक्षक दिनेश शर्मा लगायतको उपस्थितिमा रक्तदाताहरुलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...