News Portal

  • मुक्त कमैया, कम्लरी, हलिया र हरुवाचरुवाको समस्या समाधान गर्न पाँच सदस्यीय समिति

    ६८५ पटक
    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया, कम्लरी, हलिया,हरुवा र चरुवाहरुको समस्या, हालसम्मको प्रगति र प्रदेश तथा स्थानीय तहबाट समेत भएका कामहरु अध्ययन गरेर प्रतिवेदन पेश गर्न मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको जानकारी गराएकी छन् ।

    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सिंहदरवारमा बसेको बैठकमा शुक्रवार मन्त्री श्रेष्ठले सो जानकारी गराएकी हुन् ।

    सभासद तथा नागरिक अगुवा श्याम श्रेष्ठको संयोजकत्वमा गठित समितिमा हरि श्रीपाइली, गणेश वि.क, मन्त्रालयका उपसचिव चन्द्रबहादुर शिवाकोटी सदस्य र शाखा अधिकृत रेमान सिंह राना सदस्य सचिव रहेका उनले बताइन ।

    सम्बन्धित क्षेत्रका विज्ञ र अनुभवी व्यक्तिहरु समेटेर समिति बनाइएको र समितिले दिने प्रतिवेदनका आधारमा मुक्त कमैया, कम्लरी, हलिया, हरवा, चरवाहरुको समस्या दिगो रुपमा नै समाधान गर्न आफु लागि परेको उनले प्रष्ट पारिन ।

    सो समितिलाई प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको बताइएको छ । मुक्त कमैया, हलिया, कम्लरी र हरवा चरवाहरुको समस्या सम्बोधन गर्न नेपाल सरकारले सञ्चालन गरेका पुनः स्थापना लगायतका कार्यक्रमको हालसम्मको प्रगति, त्यसबाट सम्बोधन भएका विषय, पुनःस्थापना भएका परिवारको संख्या र अवस्था लगायतको यकिन विवरण तयार गर्ने साथै यस विषयमा प्रदेश सरकार, स्थानीय तहबाट कुनै नीतिगत एवं कार्यक्रमगत व्यवस्था भए नभएको समेत अध्ययन गरी प्रतिवेदन पेश गर्न समितिलाई १५ दिनको समय दिइएको मन्त्री श्रेष्ठको भनाइ छ ।

    सम्बोधन हुन बाँकी रहेका मुक्त कमैया, हलिया, कम्लरी र हरवा चरवाहरुको एकीकृत विवरण तयार गर्ने, पुनः स्थापनाका लागि संघीय सरकार र प्रदेश सरकार र स्थानीय तहबाट के कस्ता नीतिगत एवं कार्यक्रमगत व्यवस्था गर्न उपयुक्त हुन्छ स्पष्ट जिम्मेवारी किटान गरी कार्यक्रम कार्यान्वयन गर्न कार्य योजना तयार गरी पेश गर्ने कार्यादेश समेत समितिलाई दिइएको उनले जानकारी गराएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...