News Portal

  • नेकपा जोगाउन नसकेकोमा पछुतो छ : पोखरेल

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, ११ पुस २०७८
    ७०३ पटक
    काठमाडौं, ११ पुस २०७८

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाकालीन एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका छन् ।

    आइतबार शुरु भएको माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले सोकुरा बताएका हुन् ।

    अस्पष्ट कार्यनीति र स्वार्थमा अल्झिदा पार्टी एकता जोगाउन नसकिएको उनको भनाइ छ । कसैले कसैलाई दोष दिएर उम्कन नसकिने भन्दै महासचिव पोखरेलले भने, ‘नेकपा गठन गलत थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो, तर त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ ।’

    एमाले महासचिव पोखरेलले माओवादीतर्फ इंगित गर्दै आजको परिर्वतनलाई कुनै दल विशेषको उपलब्धीका रुपमा चित्रण गर्नु इतिहासप्रति अन्याय हुने जिकिर गरे ।

    माओवादी केन्द्रले गणतन्त्र, संघीयता, धर्म निपरेक्षता, समानुपातिक समावेशी लगायतका परिर्वतन आफ्नो उपलब्धी भएको दाबी गर्ने गरेको छ । यो माओवादी एक्लैको नभई सामूहिकताको परिणाम भएको एमाले महासचिव पोखरेलको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...