News Portal

  • ललितपुरमा एकै घरका ५ जना मृत फेला

    भक्तपुरपोस्ट संवाददाताललितपुर, २३ फागुन २०७८
    ६४२ पटक
    ललितपुर, २३ फागुन २०७८

    ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं. ४ नल्लुमा एकै घरका ५ जना मृत फेला परेका छन्। प्रहरीका अनुसार ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । एक जना घाइते छन्।

    नल्लु निवासी काइली स्याङतानको घरमा उक्त घटना भएको हो।

    महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी द्वारिका घिमिरेको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेको छ । घाइतेको उपचार पाटन हस्पिटलमा भैरहेको छ ।

    मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङ्तान, २२ वर्षीया सुष्मा स्याङतान, ९ वर्षीय आशिष स्याङतान, ५ वर्षीय आष्मा स्याङतान र २ दिनको शिशु सुभाष स्याङतान छन् । सुभाषको उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो ।

    आशिष, आश्मा र सुभास मृतक सुष्माका छोराछोरी हुन् । उनका श्रीमान् २३ वर्षीय सुयास स्याङतान घाइते छन् । काइली, सुयासकी आमा हुन् । उनीहरुको मृत्युको कारण खुलेको छैन। प्रहरीले शवलाई पोस्टमार्टम तयारी गरिएको छ।

    घटना अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ, इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट टोली खटिएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...