News Portal

  • आउँदो चुनाव पार्टीका लागि जीवन र मृत्युको लडाई भएको प्रचण्ड भनाइ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ चैत २०७८
    ५२५ पटक
    prachandaभक्तपुर, २ चैत २०७८

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो चुनाव आफ्नो पार्टीका लागि जीवन र मृत्युको लडाई जस्तो भएको बताएका छन् ।

    राजधानीको प्रज्ञा भवनमा बुधवार उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले आउँदो चुनाव पार्टीका लागि जीवन मरणको लडाइँ भएको बताएका हुन् । दुई बुर्जुवा पार्टीले पालैपालो शासन गर्ने तयारीको खुलासा गर्दै उनले आगामी चुनाव सामान्य मात्रै नभई माओवादीका लागि ‘लाइफ एन्ड डेथ’को लडाइँ भको जिकिर गरे ।

    उनले सबै तागत चुनावमा केन्द्रित गर्न कार्यकर्तालाई आग्रह गर्दै भने” सेना भएर पार्टीलाई जिताउन लाग्नुस् ।”

    उनले देशको राजनीतिक उपलब्धि रक्षाका लागि आगामी निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको समेत बताएका छन् ।

    राष्ट्रिय स्वाधीनताको रक्षा, देश र जनताको समृद्धि माओवादीबाट मात्रै सम्भव भएको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले जनतालाई वास्तविकता बुझाउन र उनीहरुको मन जित्ने कार्यक्रम गर्न निर्देशन दिए ।

    उनले गएको वर्ष जनताको बलमा नै प्रतिगामी कदमलाई परास्त गरिएको स्मरण गर्दै प्रतिक्रान्तिको खतरा अझै कायम रहेकोले जनतालाई सचेत पार्दै आउँदो चुनावमा प्रतिगामी तत्वलाई परास्त गर्नुपर्ने प्रष्ट पारे ।’

    पार्टीभित्रको अन्तरविरोधलाई थाँती राखेर चुनावमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिंदै उनले सबै नेता अब पालिका केन्द्रित हुनुपर्ने उर्दी जारी गरे ।

    यसैबीच उनले शान्ति प्रक्रिया, गणतन्त्र, सङ्घीयतालगायत प्राप्त उपलब्धिको रक्षाका लागि व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्नुपरेको स्पष्टिकरण समेत दिएका छन् । बढी क्रान्तिकारी हुन खोज्दा प्राप्त उपलब्धि गुमेको विगत स्मरण गर्दै अध्यक्ष प्रचण्डले एमसीसीमा व्याख्यात्मक टिप्पणी उत्तम बिकल्प बनेको बताए । यसले राजनीतिक सङ्कट टरेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...