
छिमेकी जिल्ला काभ्रेमा एक पत्रकार कुटिएका छन् । आइतबार बनेपामा उनीमाथि अज्ञात समूहले आक्रमण गरेको हो । आक्रमणमा परेका पत्रकार रोशन पाण्डे रहेका छन् । उनीमाथि समाचारको विषयमा नभई उम्मेदवारी मनोनयनको विषयमा बिबाद हुँदा आक्रमण भएको बताइएको छ । पत्रकार पाण्डे काभ्रेको नमोबुद्ध नगरपालिकामा मेयरको दावेदार रहेका थिए । आक्रमणबाट पाण्डेको अनुहारसहित शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । पाण्डे नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सचिव समेत हुन् ।