News Portal

  • भरतपुर २० कांग्रेसमा अर्को विद्रोह

    भक्तपुरपोस्ट संवाददाताचितवन, १४ बैशाख २०७९
    १३२४ पटक
    चितवन, १४ बैशाख २०७९

    स्थानीय चुनाब नजिकिँदै गर्दा भरतपुर- २० नम्बर वडाका नेपाली कांग्रेसका सभापति सत्यमोहन अधिकारीले राजिनामा दिएका छन् । उनले साधारण सदस्यसमेत नरहने गरी राजिनामा दिएका हुन् । अधिकारी पार्टी कार्यालय नै आउन छोडेपछि निर्वाचनको प्रचार-प्रसारको काम प्रभावित हुने चिन्ता कांग्रेस लाई परेको छ ।

     

    साविक गुन्जनगर- ९ का वडा अध्यक्षसमेत रहेका सत्यमोहन अधिकारी साविक चित्रवन ४ का समेत पार्टी सभापति थिए । पश्चिम चितवनका निकै पुरानामध्येका कांग्रेस नेताबाट आएको राजिनामाले क्षेत्रीय मात्र होइन जिल्ला तहसमेत तरङ्गित बनेको छ ।

     

    चितवन-३ का क्षेत्रीय सभापति लालबहादुर दवाडी हुन् । पार्टीको विधानले क्षेत्रीय सभापतिलाई वडा तहको टिकट वितरणको जिम्मेवारी दिएसँगै कांग्रेसको सङ्गठनभित्र क्षेत्रीय सभापतिको शक्ति चुलिएको विश्वास गरिन्छ ।

     

    क्षेत्रीय समितिको निर्णय प्रकृयाप्रति आफ्नो असहमति जनाउँदै भरतपुर- २० का पुराना कांग्रेस नेता एकनारायण पौडेलले विद्रोह गरी स्वतन्त्र रुपमा वडा अध्यक्षमा उमेद्वारीसमेत दिएर आफ्नो प्रचार-प्रसार आरम्भ गरेका छन् । पौडेलको उमेद्वारीपछि चियापसलहरूमा काङ्ग्रेसको गढ भनेर चिनिएको २० नम्बरको सम्भावित मत परिणामको अङ्क गणित सुरु भएको देखिन्छ ।

     

    पौडेलको उमेद्वारी फिर्ता गराउन पार्टीभित्रबाट आवश्यक पहल भइरहेको कुरा जिल्लास्तरका कांग्रेस अगुवाले बताए । यसबारे सोध्न पौडेलसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...