News Portal

  • प्रहरी महानिरीक्षक थापाको बिदाइ, कनिष्ठलाई नियुक्ति दिएपछि भक्तपुरे एआईजी असन्तुष्ट

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ बैशाख २०७९
    १३७० पटक
    AIGPभक्तपुर, १८ बैशाख २०७९

    सरकारले नेपाल प्रहरीका एआईजी धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेसंगै शैलेश थापा क्षेत्रीलाई बिदाइ गरिएको छ । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच उनको बिदाइ गरिएको हो ।

    बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले कोभिड १९ को विषम परिस्थितिमा पनि आम नागरिकको सेवामा कुनै कसर बाँकी नराखेको प्रति सबै दर्जाका प्रहरीको उच्च प्रशंसा गरेका थिए । उनले आफू सेवा निवृत्त भएपश्चात पनि संगठनको हितमा सदैव क्रियाशील रहने प्रतिवद्धता प्रकट गर्दै नवनियुक्त प्रहरी महानिरीक्षकले पनि प्रहरी संगठनको साख बढाउँन थप योगदान गर्ने विश्वास व्यक्त गरे ।

    वरियतामा वरिष्ठ रहेका भक्तपुरका एआईजी सहकुल थापालाई उछिन्दै सिंह प्रहरी महानिरीक्षक नियुक्त भएपछि भक्तपुरका प्रहरी महानिरीक्षक थापालाई भक्तपुरकै एआईजीले प्रतिस्थापन गर्ने अवसर भने सफल हुन सकेन । कनिष्ठलाई नियुक्ति दिएपछि भक्तपुरे एआईजी थापा असन्तुष्ट बनेका छन् । स्रोतका अनुसार एआईजी थापा कनिष्ठलाई महानिरीक्षक बनाएको भन्दै विदामा बसेका छन् । सिंह भन्दा थापा ११ महिनाले सिनियर हुन् । एकै समयमा सेवा प्रवेश गरेका सिंह एसएसपीसम्म भने वरियतामा अघि थिए । एआईजी हुँदा भने उनलाई विश्वराज पोखरेल र सहकुल थापाले उछिनेका थिए । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले सिंहलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...