News Portal

  • आरोप प्रमाणित गर्न अर्थमन्त्रीको चुनौती, कथा बुनेर बद्नाम नगर्न चेतावनी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ असार २०७९
    ४९९ पटक
    janardan sharmaभक्तपुर, २ असार २०७९

    अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको स्पस्ट पारेका छन् । आरोप प्रमाणित गर्न उनले चुनौती समेत दिएका छन् ।

    अर्थमन्त्री शर्माले राजस्व सम्बन्धी समितिले करका दररेटहरु निर्धारण गरेको र आफूले त्यसमा कतै तलमाथि नगरेको प्रष्ट पारे ।  राष्ट्रघात र जनताप्रति गद्दारी गर्ने आफ्नो चरीत्र नभएको भन्दै उनले बजेटको लोकप्रियता देखि डराएर बिरोधीहरुले कथा बुन्न लगाएको जिकिर गरे । उनले कथा बुनेर आफू मार्फत सरकारको बदनामी गर्ने सपना नदेख्न समेत चेतावनी दिएका छन् । तत्कालीन जनयुद्धको कामाण्डर समेत रहेका अर्थ मन्त्री शर्माले आफ्नो चरित्र हत्या गर्नेलाई राति सजिलै निन्द्रा नलाग्ने समेत बताएका छन् ।

    आयात घटाउने र उत्पादन बढाउने एवं किसानलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपछि बिरोधीहरुलाई  छटपटी भएको उनको भनाइ छ। हुँदै नभएको कथा बुनेर सरकार, अर्थ मन्त्रालयप्रति गरिएको टिकाटिप्पणीप्रति उनले आपत्ति जनाएका छन् । अर्थ मन्त्रालयले उक्त समाचारको यस अघि नै खण्डन गरिसकेको छ ।

    राजनीतिक अभिष्ट पूरा गर्न आफू र सरकारलाई हिलो छ्याप्न खोजिएको उनले प्रतिक्रिया दिएका छन् । देश, जनता र समस्यामा परेको अर्थतन्त्र उकास्न आफू इमानदार भएर लागिरहेको उनको भनाइ छ ।

    बजेट निर्माणको अन्तिम दिन जेठ १४ गते राति १२ बजे अनधिकृत मानिसलाई मन्त्रालयमा प्रवेश गराएर अर्थमन्त्रीले करको दर हेरफेर गरेको तथा केही व्यापारिक समूहको स्वार्थअनुसार काम गरेको भन्दै एक दैनिक पत्रिकाले समाचार छापेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिसभामा अर्थ मन्त्रीको राजिनामा माग्दै विरोध जनाएको छ । अर्थमन्त्री शर्माले भने कथामा भनिएको १२ बजेको समयमा आफू मन्त्रालयमा नै नभएको जानकारी दिदै सत्यतथ्य नबुझी आफ्नो मानमर्दनमा प्रमुख प्रतिपक्षी दल ओर्लिएको गुनासो गरेका छन् । ‘कथामा भनिएको समयमा म मन्त्रालयमा होइन, मन्त्री निवासमा थिएँ।  सुरक्षाकर्मीसँग गएर बुझ्दा हुन्छ ।’ उनले भने । उनले कोही अनधिकृत ब्यक्तिलाई आफूले प्रश्रय नदिएको र त्यस्ता मानिस आफ्नो अगाडि समेत कहिल्यै नपर्ने गरेका प्रष्ट पारेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...