सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नहुने बताएको छ ।
रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले यस्तो बताएका हुन् । स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न नरहेको र संलग्न हुने सोच पनि नभएको उनले बताएका छन् । नेपाल कुनै पनि सैन्य गठबन्धनको हिस्सेदार बन्नै नसक्ने गृहमन्त्री खाँणले बताए ।
प्राकृतिक विपदको समयमा भने मानवीय सेवाको बेलामा नेपालमा चाहेमा सहयोग लिन सक्ने बताए । नेपाल शान्ति सेनाको दोस्रो स्थानमा रहेकाले त्यसरी खटिने क्रममा सिप आदानप्रदान गर्नु स्वाभाविक भएको उनले बताए ।