प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बैठकमा बसेको हो । संसदीय समितिको बैठकमा भने प्रधानमन्त्री देउवा अनुपस्थित रहेका थिए ।
बैठकबाट एसपीपी)बारे निष्कर्ष निक्लिने अपेक्षा गरिएको छ । छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता बालुवाटार पुगेका हुन् ।
प्रचण्ड, नेपाल र यादवबीच हिजो भएको छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनु पर्ने निष्कर्ष निकालेका थिए । सोही निष्कर्षअनुसार नेता प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।