News Portal

  • अन्तर्घातका कारण लक्ष्यअनुसारको नतिजा आउन सकेनः माओवादी अध्यक्ष प्रचण्ड

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, १९ असार २०७९
    ३२० पटक
    भक्तपुर, १९ असार २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने बताएका छन् । उनले गएको स्थानीय तह चुनावमा घात प्रतिघात देखिएको भन्दै यो गम्भीर विषय भएको बताउदै पार्टी भित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको निष्कर्ष निकालेका छन्। ।

    आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यसबारे पार्टीले गम्भीरतापूर्वक लिँदै गठबन्धनमा पनि विशेषगरी काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादीको बुझाइ छ । माओवादीलाई हराउन गठबन्धनकै दलहरू लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताएका छन् ।

    नतिजा तेस्रो स्थानमा भएपनि मत भने सुधारिएर आएको प्रचण्डको भनाई थियो । अहिले भएका कमीकमजोरीलाई सुधारेर अघि बढ्ने हो भने आगामी निर्वाचनमा पार्टी कम्युनिस्टहरूको पहिलो नम्बरमा आउन सक्ने प्रचण्डले दाबी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...