News Portal

  • छुटेकाले तत्काल कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३ साउन २०७९
    ६०० पटक
    भक्तपुर, ३ साउन २०७९

    कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढेसँगै मन्त्रालयले खोप लगाउन छुटेको भए खोप लगाउन आग्रह गरेको हो ।

    सरकारले प्राथमिकतामा राख्दाराख्दै पनि केही व्यक्ति खोप लगाउनबाट छुटेका पाइएकाले उनीहरुलाई खोप लगाउन आग्रह गरिएको हो । खोपले सङ्क्रमण भए पनि जटिल अवस्था निम्तन नदिने भएकाले खोपको महत्त्व बुझ्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आग्रह गरे। कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि जनस्वास्थ्यका मापदण्ड पालना नै एक मात्र उपाय भएको डाक्टर अधिकारीले बताए । खोप लगाइसकेका र खोप लगाउन बाँकी रहेकाहरुले स्वास्थ्यको मापदण्ड पालना गरे सङ्क्रमण फैलिन नपाउने उनको भनाइ छ ।

    कोरोनाका कारण पछिल्लो साढे २ महिनामा हिजो र अस्ति एकरएक जनाको ज्यान गएको छ । ज्यान गुमाएका दुवै जनाले खोप नलगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...