विराटनगरको रोडशेष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट उद्धार गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले मंगलबार राति भारतबाट अपहरित बालिकालाई उद्धार गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले पनि बालिकाको उद्धार गरिएको बताउँदै विस्तृत विवरण सार्वजनिक गरिने बताए । थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
अनुसन्धानका क्रममा उनले राजविराजमा बालिकालाई हस्तान्तरण गरेका व्यक्तिले उनलाई भारत, बिहारको दरभंगामा लगेको पाइएको थियो । बालिकालाई अपहरण गरेपनि उनीहरुले फिरौती माग्न पाएका थिएनन् ।