News Portal

  • प्रचण्डको विदेश भ्रमणले माओवादीको बैठक तालिका प्रभावित

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१३ साउन २०७९
    ४१६ पटक
    भक्तपुर,१३ साउन २०७९

    अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विदेश भ्रमणमा जाने भएपछि माओवादी केन्द्रको बैठकका तालिका प्रभावित भएको छ । २१–२५ साउनसम्म अध्यक्ष प्रचण्डको जापान भ्रमण हुने भएपछि पार्टीका बैठक र कार्यक्रम प्रभावित भएको हो ।

    नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष प्रचण्ड जापान जाने भएपछि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेशका पूर्वनिर्धारित बैठकका तालिका हेरफेर गरेको हो । बैठकको निर्णयअनुसार प्रदेश १ कोे २६ गते बैठक बस्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार मधेश प्रदेशको २ भदौमा बस्ने गरी बैठक सारिएको छ ।

    लुम्बिनीको २४ साउनका लागि तय गरिएको बैठक २९ साउनमा बस्ने र २८ साउनका लागि तय गरिएको सुदूरपश्चिमको बैठक ४ भदौमा बस्ने गरी सारिएको प्रवक्ता महराले जानकारी दिए । प्रवक्ता महराले १५ साउन अपरान्ह ३ बजे बस्ने पार्टीको स्थायी कमिटी वैठकमा पदाधिकारी चयनको विषयमा छलफल हुने जानकारी दिए ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...