News Portal

  • म्याग्दीमा पहिरोले घर बगाउँदा दुुई जनाको मृत्यु, तीन जना बेपत्ता

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१७ साउन २०७९
    ४१८ पटक
    भक्तपुर,१७ साउन २०७९

    म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा दुुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

    आज बिहान घामबहादुर विक र गोठे विकको घर पहिरोले बगाएको हो । घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र उाकी श्रीमती गोरी विक भने घाइते भएका छन् । घामबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।

    मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ ।...

    काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा भब्य प्रदर्शनी, आजसम्म मात्र अवलोकन गर्न सकिने

    काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीले तीन दिने बृहत प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको आज अन्तिम...

    कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा

    भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र...

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...