News Portal

  • मनकामना केबलकार ६ हप्ता बन्द हुने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१८ साउन २०७९
    २५१ पटक
    भक्तपुर,१८ साउन २०७९

    मनकामना केबलकार आगामी २३ गतेदेखि ६ हप्ता बन्द हुने भएको छ । नेपालको पहिलो केबलकार मनकामना केबलकारले प्रविधि स्तरोन्नति गर्ने प्रयोजनका लागि आगामी २३ गतेदेखि सेवा बन्द गर्ने भएको हो । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नका लागि सेवा बन्द गर्ने भएको हो ।

    यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने छ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसम्म जान यात्रुहरूलाई थप सहज र भर पर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो । स्तरोन्नति कार्य अष्ट्रियाका प्राविधिकले गर्ने छन् ।

    स्तरोन्नति अवधिभर केबलकार सेवा बन्द रहेता बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छन् ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...