News Portal

  • बसको ठक्करबाट एक वृद्धाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१८ साउन २०७९
    ११६४ पटक
    भक्तपुर,१८ साउन २०७९

    पोखरामा बसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । कास्कीको पोखरा महानगर ८ सभागृह चोकमा आज मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ घर भई हाल पोखरा लेकसाइड बस्ने ७५ वर्षीया सुनमाया तिलिजा रहेकी छन् ।

    गम्भीर घाइते भएकी बृद्धाको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ३८२५ नम्बरको बसले बाटो क्रस गर्दै गरेकी वृद्धालाई ठक्कर दिएको थियो ।

    बससहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...