News Portal

  • शंकास्पद व्यक्ति चढेको आशंकामा मुम्बई उड्न लागेको विमान रोकियो

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१८ साउन २०७९
    ४५८ पटक
    भक्तपुर,१८ साउन २०७९

    शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे सूचना आएपछि विमान रोकेर चेकजाँच गरेको हो ।

    उक्त विमानमा चढेका एक यात्रुलाई नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले बताए । ‘हेडक्वार्टरबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले चेकजाँच गरिरहेको र विस्तृत सूचना आउन बाँकी रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्रबहादुर धानुकले बताए । ‘सुन तस्करीमा संलग्न शंकास्पद एक जना व्यक्ति विमानमा चढेको भन्ने सूचना थियो, प्रहरीले नेपाल एयरलाइन्सलाई आग्रह गरेर विमान रोकेकाले फेरि मुम्बई उडाउन बोर्डिङ भइरहेको उनले जानकारी दिए।

    प्रहरीले नियन्त्रणमा लिएका ती शंकास्पद व्यक्तिसँगै रहेका आफन्तले पनि आफू मुम्बई नजाने भनेका छन् । अरु सबै यात्रु मुम्बई जाने गरी बोर्डिङ चलिरहेको विमानस्थलले जनाएको हो ।

     

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...