पुरानो गरगहना टल्काउने बहानमा सुन लुकाउने भारतीयलाई प्रहरीले पक्रेको छ । सल्यानको बागचौर नगरपालिका ७ बाट त्यसरी ठगी गर्ने दुई जना भारतीयलाई प्रहरीले पक्रेको हो ।
पक्राउ पर्नेमा भारतीय बिहार राज्यका ६७ वर्षीय महेन्द्र साह र झारखण्डका ५५ वर्षीय पोगो साह हुन् । उनीहरूले बागचौरमा धेरैलाई ठगेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।