News Portal

  • जनकपुरधाममा तीन दिनदेखि बेपत्ता युवकको शव फेला

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२४ साउन २०७९
    २३४ पटक
    भक्तपुर,२४ साउन २०७९

    जनकपुरधाममा तीन दिनदेखि बेपत्ता रहेका एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने दिलीप साहका १८ वर्षीय छोरा अर्जुन साहको शव फेला परेको हो ।

    महोत्तरीको लोहारपट्टी नगरपालिका–८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिम साइडमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार घटनास्थलबाट मट्टीतेल, कपडालगायतका अन्य सरसमान फेला परेका छन् ।

    घटनास्थलको मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमका लागि शिव शिक्षण अस्पताल काठमाडौं पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

     

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...