बझाङको बुङ्गल नगरपालिका ९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् ।
रारुका २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिए । मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन । गएराति उनका श्रीमान् पुष्कर पार्की भारतबाट घर आएका सिंहले बताए।