News Portal

  • इमानदारी र क्षमतावान मान्छे छान्‍न मतदातालाई रवीन्द्रको आग्रह

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २६ साउन २०७९
    २६६ पटक
    भक्तपुर, २६ साउन २०७९

    विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले आगामी निर्वाचनमा इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिन मतदातालाई आग्रह गरेका छन्। बहकिएर नेतृत्व चयन गर्दा देशमाथि धेरै घात भएको भन्दै उनले सक्षम व्यक्तिलाई पहिचान गरेर मात्रै मत दिन आग्रह गरेको हुन्।

    उनले फेसबुकमा लेखेका छन्, ‘इमानदारी र क्षमताको परिक्षण हुँदै जाला, परिपक्वता भएन भने कस्ता कच्चा काम हुन्छन्, परिणाम देखिन थालेको छ। कहिले विचारको बन्धनमा बाँधिएर, कहिले बहकिएर नेतृत्व चयन गर्दा हामीले यो देशमाथि धेरै घात गरिसकेका छौँ।’

    स्थानीय निर्वाचनको नेतृत्व चयन गर्दा आफूले इमानदारी, क्षमता र परिपक्वता आवश्यकता रहेको बुझेको उनको भनाइ छ। ‘संघीय निर्वाचन आउँदैछ र इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिऊँ र बहकिने काम नगरौँ। विचारभन्दा माथि देशलाई राखौँ’ उनको भनाइ छ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...