वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भन्दै ठगी गर्ने म्यानपावरमाथि आकस्मिक अनुगमन गरेको छ ।
वैदेशिक रोजगार विभागबाट इजाजतप्राप्त संस्था अल तकेत ओभरसिज नेपाल प्रालीले कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकेको अवस्थामा आकस्मिक अनुगमन गरेर अनुसन्धान थालेको हो ।
विभिन्न व्यक्तिसँग १५ लाख रुपैयाँसम्म उठाएको भन्ने व्यहोराका समाचारहरु प्रकाशन भएका भन्दै संस्थाको काम शंकास्पद लागेर अनुसन्धान थालेको विभागले जनाएको छ ।