News Portal

  • तनहुँमा माइक्रो दुर्घटना, १४ जना घाइते

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२६ साउन २०७९
    २४२ पटक
    भक्तपुर,२६ साउन २०७९

    तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा बिहीबार दिउँसो माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

    दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ख ९९९९ नम्बरको माइक्रो अनियन्त्रित भई सम्धीखोला पुलको रेलिङमा ठोक्किँदा बसमा सवार यात्रुहरु घाइते भएको हो । पृथ्वीराजमार्ग अन्तर्गत रेलिङमा ठोक्किँदा माइक्रो १५ फिट तल खसेको प्रहरीले बताएको छ । घाइतेमध्ये सात महिला र सात पुरुष रहेका छन् ।

    घाइतेमध्ये विमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र माइक्रो चालक जीवन आलेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...