News Portal

  • पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको अध्यक्षमा अनन्त

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ साउन २०७९
    ६५२ पटक
    भक्तपुर, २८ साउन २०७९

    पूर्वमन्त्री एवं वरिष्ठ माओवादी नेता पोष्टबहादुर बोगटी दिवाकरको स्मृतिमा स्थापित पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको अध्यक्षमा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ चयन भएका छन् । प्रतिष्ठानको सातौं साधारणसभाले अनन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

    उपाध्यक्षमा नुवाकोटका सांसद हितबहादुर तामाङ र नुवाकोटकै नेता श्रीकृष्ण अधिकारी चयन भएका छन् । त्यसैगरी महासचिवमा दाङका निर्मल आचार्य र कोषाध्यक्षमा रुद्र ढुङगेल रहेका छन् । सदस्यहरुमा राममाया बोगटी, रामकुमारी चौधरी, ज्ञानु बस्नेत सुबेदी, रामप्रसाद सापकोटा र रामशरण पौडेल लगायत निर्वाचित भएका बताइएको छ । अध्यक्ष अनन्त लगायत सिङ्गो कार्यसमिति सर्वसम्मत निर्वाचित भएको प्रतिस्ठानले जनाएको छ । प्रतिस्ठानले स्वास्थ्य, शिक्षा लगायत समाजसेवाको क्षेत्रमा विविध कार्य गर्दै आएको छ ।

    पोष्ट बहादुर बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष थिए । सादा जीवन शैली र मिलनसार ब्यवहारका कारण उनी माओवादीभित्र र बाहिर लोकप्रिय रहेका थिए ।

    नुवाकोटमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट–३ बाट निर्वाचित उनी ऊर्जा, श्रम, शिक्षा र संस्कृति त्यस्तै पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए ।

    बोगटीले आफ्नो एक मात्र छोरा रवि बोगटी लाई तत्कालीन माओवादी जनयुद्धमा गुमाएका थिए । तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा उनी मारिएका थिए । उनका श्रीमती र छोरीहरु राजनीतिमा सक्रिय छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...