News Portal

  • अब बल लगाएरै बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२९ साउन २०७९
    ५०३ पटक
    भक्तपुर,२९ साउन २०७९

    काठमाडौं महानगरपालिकाले अब प्रहरी बल लगाएरै बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने भएको छ । यसअघि प्रहरी बल लगाएर फोहोर व्यवस्थापन गर्न नहुने पक्षमा उभिएका मेयर बालेन्द्र साह (बालेन)प्रहरी बल प्रयोग गर्नैपर्ने निष्कर्षमा पुगेका हुन् ।

    मेयरमा निर्वाचत भएलगत्तै बन्चरेडाँडा पुगेर उनले फोहोर व्यवस्थापनका नाममा मानवीय अपराधान भइरहेको भन्दै बल प्रयोग नगर्ने प्रतिवद्धता जनाएका थिए । तर, पूर्वसहमति पालनाको काम गर्दै पटक पटक स्थानीय असन्तुष्ट समूहले फोहोर फाल्न अवरोध गरेपछि महानगरपालिका अब बल प्रयोग गर्ने निष्कर्षमा पुगेको महानगरपालिका स्रोतले बतायो ।

    काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडी तोडफोड भएपछि बञ्चरेडाँडामा प्रहरीको उपस्थिति बढाइएको महानगरले जनाएको छ । ठूलो सख्ंयामा प्रहरी परिचलान भए पनि शनिबार बेलुका दूईटा टिप्पर सडकमै फोहोर खन्याएपछि केहिबेर स्थानीयबासी आन्दोलित भएका थिए । उक्त फोहोरलाई पुरेपछि मात्रै स्थानीयले बाटो छोडेको थिए । महानगरमा फोहोर धेरै थुप्रिएकोले फोहोर नियमित रुपमा व्यवस्थापन हुन अझै केहि समय लाग्ने उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...