News Portal

  • बुटवलको होटेलमा महिला र पुरुष मृत फेला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,३१ साउन २०७९
    ५३५ पटक
    भक्तपुर,३१ साउन २०७९

    रुपन्देहीको बुटवलस्थित एक होटेलमा एक पुरुष र एक युवती मृत फेला परेका छन् । तिनाउपारि फूलबारीचोकस्थित कारीकोट होटेलको कोठामा उनीहरू मृत फेला परेको प्रहरीले जनाएको छ । धादिङ घर भएका अन्दाजी ३५  वर्षका सिताराम भुजेल र पहिचान स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेलापरेका हुन् ।

    इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीका अनुसार भुजेल धादिङको कुमपुरका रहेको र युवतीको नाम पुष्पा भनिए पनि थर र पूरा ठेगाना खुल्न सकेको छैन।

    तन्ना र तौलियामा रगत पोतिएको देखिएकोले भुजेलले युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक घिमिरेले बताए । घटनाबारे अरू कुरा थप अनुसन्धानपछि खुल्ने उनले बताए । उनका अनुसार उनीहरू आइतबार राति त्यस होटेलमा बस्न पुगेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...