News Portal

  • बाबुराम भट्टराई र वामदेव गौतम माओवादीको चुनाव चिन्हमा लड्ने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३१ साउन २०७९
    ४७२ पटक
    भक्तपुर,३१ साउन २०७९

     

    नेकपा माओवादी केन्द्रले आफनो पार्टीको चुनाव चिन्ह्रमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई आफ्नो पार्टीको चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ ।

    माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादीको स्थायी समिति बैठकले बाबुराम र बामदेवको पार्टीलाई आफनो पार्टीको चुनाव चिन्ह्रमा चुनाव लड्न दिने गरी सहमति दिने निर्णय गरेको हो । माओवादी केन्द्रका प्रवक्ता कृष्णवहादुर महराले बामदेवको पार्टी र बाबुराम भटटराईको पार्टीलाई माओवादीको चुनाव चिन्ह्रमा चुनाव लड्ने गरी स्थायी समिति बैठकले अनुमोदन गरेको जानकारी दिए ।

    यो निर्णयसँगै आजै दिउँसो २ बजे निर्वाचन आयोग पुगेर माओवादी, नेपाल समाजवादी पार्टी र बामदेवको पार्टीले निर्वाचन आयोगलाइ जानकारी गराउनेछन् ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...