News Portal

  • धादिङमा भारतीय नम्बरको ट्रेलर र जीप ठोक्किदाँ २ जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३१ साउन २०७९
    ३३५ पटक
    भक्तपुर,३१ साउन २०७९

    धादिङमा भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र सहचालकको मृत्यु भएको छ। गल्छी गाउँपालिका–६ चिरौदी पुलमा भारतीय नम्बरको ट्रेलर र जीप ठक्कर खाँदा जीप चालक धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र सहचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको छ ।

    उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छीस्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ।

    चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बागमत प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई गएराति ठक्कर दिएको थियो।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...