News Portal

  • बञ्चरेडाँँडामा प्रहरीले गर्‍यो हवाईफायर

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३१ साउन २०७९
    ३३१ पटक
    भक्तपुर,३१ साउन २०७९

    काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो ।

    स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढु‌ंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए । धुनवेशी नगरपालिका १ का अध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले अवरोध गर्न नछोडे थप बल प्रयोग गर्ने भन्दै स्थानीयबासिन्दालाई चेतावनी दिएका छन् ।

    प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि केहि अगाडी बढेता पनि डाँडामा रहेका स्थानीयबासिन्दाले ढुंगा र गुलेली हानेपछि झडप भएको एक वडाध्यक्ष तामाङले बताए । मैनालीले फोहोर फाल्न प्रहरीले आवश्यक बल प्रयोग गर्न सक्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...