धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ राईटोलमा रुखले किचेर एक युवकको मृत्यु भएको छ। छथर जोरपाटी गाउँपालिका ५ का २८ वर्षिया मनकुमार राईको मृत्यु भएको हो।
वडाध्यक्ष डिकबहादुर लिम्बुका अनुसार स्थानीय भिम आचार्यको बारीमा उतिसको रुख काट्ने क्रममा घटना भएको हो। रुखलाई डोरीले तानेर अर्कोपट्टि ढाल्न छाड्दा खोज्दा आफैँतिर आएर लाग्दा राईको घटनास्थलमै मृत्यु भएको हो।