News Portal

  • डेंगी संक्रमण हुँदा पेन किलर नखान विज्ञहरुको सुझाव

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२६ भदौ २०७९
    ३९३ पटक
    भक्तपुर,२६ भदौ २०७९

    नेपालमा डेंगी संक्रमितको संख्या सात हजार ३५६ पुगेको छ । महाशाखाले अर्ली वार्निङ रिपोर्टिङ सिस्टम इवार्समार्फत देशभरको तथ्यांक संकलन गर्ने गरेको छ । इवार्समा हालसम्म ११८ वटा अस्पताल मात्रै समावेश रहेकाले संक्रमितको संख्या अझै धेरै हुनसक्ने महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्ण दाहालले बताएका छन् ।

    वरिष्ठ सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार डेंगी संक्रमितलाई सबैभन्दा धेरै शरीरका भागहरु दुख्छन् । ज्वरोसँगै शरीरको असह्य दुखाइ, आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने र कसैमा पखाला लाग्ने डेंगी छुट्याउन सकिने लक्षणहरु हुन् । डेंगी संक्रमण हुँदा पेन किलर नखान विज्ञहरुले सुझाएका छन् ।

    विज्ञहरुका अनुसार फ्लेक्सोन, ब्रुसिट लगायतका दुखाइ कम गर्ने औषधिले आन्तरिक र बाह्य रक्तश्राव गराउन सक्छन् । यस्ता औषधिको प्रयोगले नाक, गीजा, आँखा वा पेटभित्र विभिन्न भागमा रक्तश्राव गराई बिरामीमा जटिलता पनि निम्त्याउनसक्छ । त्यसैले झोलिलो खानेकुराहरु बारम्बार खान र जीवनजल पानी धरै पिउन उपयुक्त मानिन्छ ।

    डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरुको सुझाव छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...