News Portal

  • अछामको पहिरो जाँदा १२ जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१ असोज २०७९
    २४६ पटक
    भक्तपुर,१ असोज २०७९

    अछामको तीन स्थानीय तहमा पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलेकमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १२ जनाको शव निकालिएको जानकारी दिए।

    उनका अनुसार कमलबजार– ८ मा पाँच जनाको शव निकालिएको छ भने कमलबजार ६ मा चार जनाको शव फेला परेको छ। यस्तै तुर्माखाँद ५ मा दुइ घर पुरिएका छन्। त्यहाँ दुई शव फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको मरासेनीले बताए।

    उनका अनुसार तीनै पालिकामा पहिरोमा पुरिएर अझै ११ जना बेपत्ता भएका छन्। तुरमाखाँदमा ७, कमलबजारमा ३ र ढकारीमा एकजना बेपत्ता छन्।

    पहिरोमा परेर ११ जना घाइते भएका छन्। हेलिकप्टरमार्फत उद्धार गरी उनीहरूलाई उपचारका लागि पठाउने तयारी गरेको प्रजिअ मरासेनीले जानकारी दिए।

     

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...