News Portal

  • बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३ असोज २०७९
    ३१७ पटक
    भक्तपुर,३ असोज २०७९

    बर्दियाको बेग्लाबेग्लै ठाउँमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

    जिल्लाको गुलरिया नगरपालिका—९ मथुराहरीद्वारकी ९ वर्षीया खुश्वु धोबी घरमा खेल्ने क्रममा फलामको ढोकामा विद्युत्‌को तार सर्ट भई मृत्यु भएको प्रहरी निरीक्षक हृदयेश सापकोटाले बताए । घाइते अवस्थामा उनको जिल्ला अस्पताल, गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले जनाए ।

    यसैगरी बारबर्दिया नगरपालिका—८ दुधाका ३३ वर्षीय सनिराम थारु घरमा मन्दिर बनाउने क्रममा विद्युत्‌को तार चुँडेर करेन्ट लागेर शक्त घाइते भएका थिए । उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले जनाए ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...