News Portal

  • धादिङको गजुरी बजार थप तनावग्रस्त

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,६ असोज २०७९
    ४११ पटक
    भक्तपुर,६ असोज २०७९

    धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ मा आज बिहीवार बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाण्डौबाट गोरखाका लागि छुटेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षीय विजय परियारको ज्यान गएपछि स्थानीयवासीले गाडी ठप्प पारेर प्रदर्शन गर्दा गजुरी बजार तनावग्रस्त बनेको हो ।

    गजुरीकै आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको हो । घटनापछि स्थानीयवासीले ठक्कर दिने बसमा आगजनी गरेका छन् । उनीहरूले सडक बन्द गरेर नाराबाजी गरिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिए ।

    अहिले पृथ्वी राजमार्ग हुँदै गुड्ने गाडी गजुरी आसपासमै रोकिएका छन् । सडक खुलाउन स्थानीयवासी र पीडितका आफन्तसँग छलफल भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा थप भिड बढ्न नदिन प्रहरीले काठमाण्डौतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनीघाट क्षेत्रमा गाडी रोकको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...